प्रवीण मृत्यु प्रकरणः मुख्य आरोपीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

तेजन खड्का

उर्लाबरी
Breaknlinks
Breaknlinks

उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणका मुख्य अभियुक्त राजेश रणपहेलीलाई जिल्ला अदालत मोरङले  पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
मङ्गलबार न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर भई उर्लाबारी–६ बस्ने ३२ वर्षीय रणपहेलीलाई थुनामा राख्ने आदेश दिएको हो।

घटनाका मुख्य योजनाकार मानिएका उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेलीलाई प्रहरीले शुक्रबार साँझ रुपन्देहीको बुटबल उपमहानगर–२ फूलबारीचोकबाट पक्राउ  थिए। प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आइतबार अदालतमा पेस गरेको थियो। कर्तव्य ज्यान मुद्दामा थुनछेक बहस सकिएपछि थुनामा राख्न अदालतले आदेश दिएको हो।

आफ्ना साथीहरू भाडामा बस्ने गरेको उर्लाबारी–६ स्थित रमेश गिरीको घरमा सुत्न गएका बास्तोलाको शङ्कास्पद मृत्यु भएको अवस्थामा गत पुस ५ गते शव भेटिएको थियो।



दाजुको हत्यारा पत्ता लगाउन अमेरिकादेखि आएकी युवतीले यस कारण समातिन् इन्स्पेक्टरको कठालो

शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको तस्बीर 



अर्का प्रतिवादी झापको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेललाई मोटरसाइकल चोरी आरोपमा इलाका प्रहरी दमकले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। चोरी मुद्दाको अनुसन्धानपछि जिल्ला अदालत मोरङमा उपस्थित गराउने प्रहरी उपरीक्षक खड्काले बताए।

अन्य प्रतिवादीहरु रतुवामाई–१० घर भइ उर्लाबारी–६ बस्ने मेहरमान दर्जी, १९ वर्षीय सुदिप परियार, रमेश गिरी र उर्लाबारी–९ का कुमार राईलाई प्रहरी पक्राउ गरी अदालतमा उपस्थित गराइसकेको छ। उनीहरुमध्ये दर्जी र परियारलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ भने राईलाई तीन लाख र गिरीलाई एक लाख धरौटीमा छाडेको छ।



 फितलो छानवीन गरेको भन्दै इन्स्पेक्टर पोखरेल जिल्ला तानिए

अनुसन्धानमा संलग्नलाई विभागीय कारबाहीका लागि सिफारिस



पौडेल चोरी मुद्दामा इलाका प्रहरी कार्यालय दमकमा छन्।दीपेश मोटरसाइकल चोरीको आरोपमा सप्तरीबाट पक्राउ परे। उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकले चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-03-09 19:05:00

प्रतिकृया दिनुहोस्