म्यान्मारसँग सीमा जोडिएको भारतकाे मणिपुर शरणार्थीलाई प्रवेश नदिने निर्णयबाट पछि हटेको छ।
म्यान्मार–भारत सीमा क्षेत्रमा आउने शरणार्थीलाई खाना र बसोबास उपलब्ध नगराउन निर्देशन दिएको थियो। उक्त निर्णयको चौतर्फी विरोध भएपछि मणिपुर आफ्नाे निर्णयबाट पछि हटेको हो।
राज्यले नयाँ सूचना जारी गर्दै भनेको छ, 'यसअघि जारी भएको सूचनामा केही गल्ती भएको छ। शरणार्थीहरुका लागि राज्य सरकारले सबै प्रकारका सहयोगलाई निरन्तरता दिनेछ।'
चन्देल, तेंगनोपाल, कामजोंग, उखरुल र चरुराचन्दपुर जिल्लामा आउन सक्ने बर्मेली शरणार्थीलाई रोक्न राज्यले सरकारले आदेश गरेकाे थियाे।
यसअघि प्रकाशित सम्बन्धित समाचार