कोरोनाको विषयमा डब्ल्युएचओको नयाँ धारणाः भाइरस चीनमा बनेको होइन

Photo - Stuff.co.nz
Photo - Stuff.co.nz

विगत एक वर्षदेखि कोरोना भाइरसको उत्पत्तिलाई लिएर भइरहेको बहसको छिनोफानो नभइरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ठूलो दाबी गरेको छ।

डब्ल्युएचओका विज्ञ समूहको टोलीले कोरोना भाइरस सम्भवत चमेराबाट अर्को जनावरमा सर्दै मानवजातिसम्म आइपुगेको दाबी गरेको छ।

विज्ञहरूले चीनको उहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको कुराको पनि खण्डन गरेका छन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस उहानस्थित ल्याबबाटै फैलिएको दाबी गर्दै आइरहेका थिए। तर, डब्ल्युएचओको विज्ञ टोलीले ट्रम्पको दाबीमाथि कुनै सत्यता नभएको बताएका छन्।

चीनले यसअघि दाबी गर्दै आएको थियो, भाइरसको उत्पत्ति आफ्नो देशबाट भएको होइन।

उसले आयातित ‘फ्रोजन फुड’ मार्फत आफ्नो देशमा आइपुगेको बताएको थियो। विज्ञहरूले चीनको यो दावीलाई पूर्ण रूपले खारेज नगरे पनि सम्भावना कम रहेको बताएका छन्।

विज्ञ समूहले भाइरस मानव शरीरमा कसरी प्रवेश ग-यो भन्ने कुरा स्पष्ट पारेको छैन।

डब्ल्युएचओको विज्ञहरूको एउटा समूह कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन १४ जनवरीमा चीन पुगेको थियो। यस सम्बन्धमा मंगलबार रातीसम्म सम्पूर्ण जानकारी बाहिर आउने बताइएको छ।

डब्ल्युएचओका निर्देशक टेड्रोस एडहेनोमले अन्तर्राष्ट्रिय विज्ञसँग बसेर पत्रकार सम्मेलनको आयोजना गरि यसको जानकारी दिनेभएका छन्।

कोरोना भाइरसका कारण पछिल्लो १५ महिनामा विश्वभरि २७ लाख मानिसले ज्यान गुमाइसकेका छन्।

संक्रमणका कारण गत वर्षको अन्त्यतिर विश्वका प्रायः सबै देशले ‘लकडाउन’ गर्नुपरेको थियो। यसले विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ

प्रकाशित मिति: : 2021-03-30 14:13:00

प्रतिकृया दिनुहोस्