१२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाइँदै 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने अपेक्षा लिईएको छ।

कोषले चालु आर्थिक वर्षमा युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो। आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले दुई लाख सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ।    
    
 कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी-कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, काठमाडौँ उपत्यकाका स्वरोजगार कार्यक्रम र तराई–मधेश स्वरोजगार जस्ता नयाँ पाँच कार्यक्रम सञ्चालन गरेर १२ हजार युवालाई स्वरोजगार बनाउन थालेको छ। 
 

प्रकाशित मिति: : 2021-03-28 06:09:00

प्रतिकृया दिनुहोस्