सञ्चार सहकारीले कोभिडको समयको ब्याज मिनाहा गर्ने

सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाले कोभिडको समय (२०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्म) ऋणीलाई ब्याज मिनाहा गर्ने निर्णय गरेको छ।

संस्थाको आयोजित वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो। साधारणसभाले खराब ऋणीलाई पटकपटक पत्राचार गरेको तर सम्पर्कमा नआएकाले कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

संस्थाका अध्यक्ष प्रदीप चापागाँई पाँच जना खराब ऋणी रहेको र पटकपटका पत्राचार गर्दा पनि सम्पर्कमा नआएकाले पुनः एकपटक पत्राचार गर्ने नत्र कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए।

सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारको उक्त सहकारीमा कूल आम्दानी कूल रु सात लाख ५७ हजार १४४ रहेको छ। 

प्रकाशित मिति: : 2021-03-20 16:14:00

प्रतिकृया दिनुहोस्