राजनीतिसँगै सामाजिक सेवा र खेलकुदमा जम्दै अष्ट

सामाजिक सेवा र खेलकूदको विकास गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसका एक नेताले तीन करोड खर्चिएर व्यवसाय शुरु गरेका छन्। 

लामो समय खेलकूदसँगै राजनीतिमा सक्रिय भएका मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा नेपाली कांग्रेसका युवानेता एवं खेलाडी अष्ट कँवेले क्लब मध्यपुरमार्फत फिट्नेस सेन्टर, स्नुकर हाउस एवं बर्गर हाउस सञ्चालनमा ल्याएका हुन्।

तीस जना युवालाई प्रत्यक्ष रोजगारी दिँदै १०० जना क्षमताको फिट्नेस सेन्टर एवं स्नुकर हाउस सञ्चालनमा ल्याएका हुन्। राजनीति गर्ने व्यक्तिले आफैँ व्यवसाय शुरु गर्न सके कसैसँग माग्नु नपर्ने जनाउँदै उहाँले नेपालमा स्नुकर र फिट्नेसलाई व्यावसायिक खेलका रुपमा विकास गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याएको बताए।     

उनले यसबाट हुने आम्दानीको २० प्रतिशत रकम सामाजिक सेवा र खेलकूदको विकासमा खर्च गर्ने घोषणा गर्दै आफू रहेको मध्यपुर युथ एसोसिएशनले गर्ने हरेक खेलकूद प्रतियोगितामा पुरस्कारका लागिसमेत यहाँबाट भएको आम्दानीबाट खर्च गर्ने घोषणा गर । रासस

प्रकाशित मिति: : 2021-03-15 14:53:00

प्रतिकृया दिनुहोस्