भारतिय साधुसन्तलाई बिदाइ

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ। 

शिवरात्रिमा विभिन्न स्थानबाट सो मन्दिर दर्शन गर्न आएका १६२ साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको मन्दिर संरक्षण समितिका मोहन बलले जानकारी दिए।

साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराउने प्रचलनअनुसार ‘क’ वर्गकालाई नगद रु एक हजार १०५, ‘ख’ वर्गलाई नगद रु ७०५ र ‘ग’ वर्गलाई नगद ५०५ तथा प्रत्येकलाई कम्बल, धोती, ज्याकेट र एक थान रुमाल प्रदान गरिएको समितिले जानकारी दिएको छ। 

देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगी शिवरात्रिमा डोलेश्वर एकहप्तादेखि आएका थिए। विगतका वर्षमा ७५० जनासम्म साधुसन्तको आगमन हुने गरेपनि यसवर्ष भने कोरोना सङ्क्रमणका कारण कम आएको बताइएको छ।

प्रकाशित मिति: : 2021-03-12 20:15:00

प्रतिकृया दिनुहोस्