सिद्धबाबालाई सफाइ दिने न्यायाधीशलाई उच्चमा नियुक्तिका लागि सिफारिस

File Photo
File Photo

विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाई दिने जिल्ला न्यायाधीशलाई न्याय परिषदले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

शुक्रबार न्याय परिषदको बैठकले गिरीलाई सफाइ दिने सुनसरी जिल्ला अदालतका न्यायााधीश अर्जुनप्रसाद कोइरालालाई उच्च अदालत जनकपुरको विरगञ्ज इजलासमा नियुक्तिको सिफारिस गरेको हो।

शुक्रबार बसेको परिषदको बैठकले सर्वोच्च अदालतमा २ र उच्च अदालतमा कोइरालासहित १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रकाशित मिति: : 2021-03-12 17:08:00

प्रतिकृया दिनुहोस्