साढे २ केजी युरेनियमसहित ४ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरेर उनीहरुलाई बौद्धस्थित टुसालबाट पक्राउ गरिएको जनाकारी दिएको हो।
विशेष सुचनाको आधारमा उनीहरुलाई प्रकाउ गरिएको थियो। पक्राउ पर्नेमा रामेछापका ४० वर्षिय नारायण तामाङ, ४० वर्षिया जानुका तामाङ, २० वर्षिय प्रकाश चौहान र २० वर्षिया मनोज न्यौपाने रहेका छन्।
अहिले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको एआईजी हरिबहादुर पालले जानकारी दिए। पक्राउ परेक्री जानुका तामाङको बयान अनुसार उक्त लागुऔषध भारतबाट ल्याईएको खुलेको छ।