करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु       

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

संखुवासभामा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ।

धर्मदेबी नगरपालिका-६ फाक्सी बस्ने कमल बहादुर बस्नेतको छोरा सिताराम बस्नेतको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो।

घर नजिकै खेल्ने क्रममा बिद्युतको पोलमा करेन्ट सर्ट भएको अवस्थामा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
 

प्रकाशित मिति: : 2021-03-12 15:09:00

प्रतिकृया दिनुहोस्