नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीमाथि आक्रमण भएको छ।
बिहीबार साँझ भएको आक्रमणबाट उपाध्यक्ष अलीको शरीरभरि निलडाम तथा चोट लागेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले जनाएको छ।
सर्लाही संवाददाता तथा महासङ्घ सर्लाहीका उपाध्यक्ष अलीमाथि सङ्घातिक आक्रमण हुँदा टाउँकोदेखि खुट्टासम्म चोट लागेर गम्भीर घाइतेभएको सर्लाही प्रहरीले जनाएको छ।
उपाध्यक्ष अलीमाथि उनको आफ्नै घर अगाडि मोटरसाइकल रोकी उनका आफ्नै भाइले अन्धाधुन्ध आक्रमण गरेको स्थानीयवासीले बताएका छन्।
आपराधिक गतिविधिमा रहेका उनका कान्छा भाइले आक्रमण गरेको र लागुपदार्थ प्रयोगकर्तामासमेत रहेको परिवारले जानकारी दिएका छन्।
दाजुमाथि आक्रमण गरी फरार रहेका उनलाई परिवारले नै पक्राउ गरी आवश्यक कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग माग गरेका छन्।