हत्या आरोपमा ओली पक्ष नेता बाँस्कोटा पक्राउ

नेकपा एमालेका नेता युवराज बाँस्कोटा हत्याको आरोपमा पक्राउ परेको छन्।

उनलाई पथरीशनिश्चरे–१० का १९ वर्षीय सञ्जीव भण्डारीको हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

भण्डारीको गत पुष १४ गते मंगलबारेस्थित बाँस्कोटाको घरमा रहस्यमय मुत्यु भएको थियो।

सोही घटनामा संलग्न भएको भन्दै बाँकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

के हो घटना?

गत पुस १४ गते बिहानै भण्डारीको शव नेता बाँस्कोटाका घरमा भेटिएको थियो। बाँस्कोटाले आफूसँगै मृतक भण्डारीलाई घर लिएर गएका थिए।

नेकपा विभाजनको अवस्थामा पुग्दै गर्दा प्रधानमन्त्री ओलीले बाँस्कोटालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए।

आफू शपथ खान काठमाडौं जानुपर्ने भन्दै केहिदिन उनको घर कुरिदिन नेता बाँस्कोटाले आग्रह गरेको आमा राधीका भण्डारीले बताइन्।

बाँस्कोटाले आफ्नो छोरालाई पिए बनाउने र जागिर मिलाइदिने लोभमा सँगै हिँडाउने गरेको आमा राधिकाले बताएकी छिन्।

छोरा बितेको २ महिना बितिसक्दा पनि बाँस्कोटाको दबाबमा प्रशासनले अनुसन्धान नगरेको मृतक भण्डारीकी आमा राधिकाको आरोप छ।



'युवा मारेको आरोप'मा प्रधानमन्त्री ओलीनिकट बास्कोटालाई लखेटे महिलाहरूले (भिडियो)

प्रकाशित मिति: : 2021-03-10 13:30:00

प्रतिकृया दिनुहोस्