म्यान्मारमा एकैदिन मारिए ३६ प्रदर्शनकारी, सैन्य 'कू' यताकै घातक बुधबार

निर्मल खराल

माेगाेक (म्यान्मार)
Photo - Myanmar Now
Photo - Myanmar Now

सैन्य 'कू'विरूद्ध भएको आन्दोलनमा सरकारी सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा बुधबार कम्तीमा ३६ जना प्रदर्शनकारी मारिएका छन्। बुधबार सबैभन्दा हिंसात्मक दिन बनेको छ।

विभिन्न शहरमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर फरक–फरक स्थानमा ३६ जना स्थानीयको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। तथ्याङक एकिन नहुँदा प्रहरीको गोलीबाट मानिनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

सुरक्षाकर्मीले उनीहरूमाथि चेतावनी बिना पानीको फोहोरा र गोली प्रहार बर्साएको प्रदर्शनकारीको भनाई छ। गोली लागेर सयभन्दा बढी आन्दोलनकारी घाइते भएको ऐतावती पत्रिकाले उल्लेख गरेको छ।

जुन्ता सरकारले देशभरि जनआन्दोलनलाई दबाउने काम जारी राखेपनि म्यान्माली जनता दिनहुँ सडकमै छन्। गत महिना प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतलाई शासकले कब्जामा लिएपछि म्यान्मारमा सैन्य 'कू'विरूद्ध आन्दोलन जारी छ।

स्वतन्त्र नागरिकले 'सैन्य तानाशाही'को भत्र्सना गर्दै सडक प्रदर्शन गरिरहेका छन्। प्रजातान्त्रिक तवरले चुनिएका नेताहरूलाई रिहाइको माग गरेका जनतालाई सेनाले दिनदिनै गोली हानिरहेको छ।

म्यान्मारमा सैन्य 'कू' देखि नै अन्तर्राष्ट्रिय समुदायले सेनाको कदमप्रति निन्दा गरेका छन्।



Photo - RFA Burmese

प्रदर्शनमाथि भीषण दमन, थप नौ जनाको मृत्यु

आन्दोलनमा सरकारी सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार नौ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

मुख्य तीन शहरहरू-राजधानी नेपिटो, देशको सबैभन्दा ठूलो शहर रंगुन रं अर्को शहर माण्डलेमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर फरक–फरक स्थानमा नौ जना स्थानीयको मृत्यु भएको त्यहाँको ऐरावती पत्रिकाले जनाएको छ।

सडक प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षाकर्मीले उनीहरूमाथि पानीको फोहोरा र फलामे गोली प्रहार गरेको प्रदर्शनकारीको भनाई छ। गोली लागेर सयभन्दा बढी आन्दोलनकारीहरू घाइते समेत भएका छन्।

म्यान्मारमा करिब तीन सातादेखि आन्दोलन जारी भए तापनि नेपिटो, रंगुन र माण्डले शहरमा एक सातादेखि त्यहाँको सैनिक सरकारले दमन गर्न थालेपछि आन्दोलन हिंसात्मक बनेको छ।

मन्डलेमा सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। तीमध्ये एक जना महिलाको घाँटीमा गोली लागेको छ भने उनीसँगै रहेका अर्का व्यक्तिलाई छातीमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन्।



 आन्दोलनमा अन्धाधुन्ध आक्रमण, प्रहरीको गोलीले २४ जनाको मृत्यु



सैन्य दमनले गोर्खालीहरू 'खुनका आँशु' लिएर घर फर्किएका छन् (भिडियो ब्रिफिङ)

प्रकाशित मिति: : 2021-03-04 07:05:00

प्रतिकृया दिनुहोस्