चेहराको रिलिज मिती सार्वजनिक, इमरान र अमिताभ पहिलो पटक सँगै देखिदै

Photo : cinemaexpress
Photo : cinemaexpress

भारतीय चलचित्र 'चेहरा'को रिलीज मिति सार्वजनिक भएको छ।

अमिताभ बच्चन र इमरान हाश्मी को मुख्य भुमिका रहेको 'चेहरा' अप्रिल ३० मा रिलिज हुने भएको हो। थ्रिलर कथामा निर्माण भएको चलचित्र 'चेहरा' मार्फत इमरानले पहिलो पटक अमिताभसगँ काम गर्दैछन्। 

अमिताभले समाजिक सञ्जालमा एउटा पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलीज मिति घोषणा गरेका हुन्। उनले लेखेका छन्- 'चेहरा' भन्दा ठूलो कुनै मास्क छैन, वास्तविक 'चेहरा'को पर्दा उठ्नेछ। 

रुमी जाफरीले निर्देशन गरेको चलचित्रमा अन्नु कपुर, टिभी अभिनेत्री क्रिस्टल डिसुजा, रघुबीर यादव र धृतिमान चटर्जीको पनि मुख्य भुमिका रहेको छ। 

चलचित्रमा अभिनेत्री रिया चक्रवर्तीपनि छिन्। तर पोस्टरमा उनलाई समावेश गरिएको छैन।   रिया दिवंगत सुशांत सिंह राजपुतकी प्रेमिका हुन्।  

प्रकाशित मिति: : 2021-02-25 05:35:00

प्रतिकृया दिनुहोस्