बलिउडकी चुलबुली अभिनेत्रीकाे नाममा पर्छिन् काजाेल। उनी धेरै बाेल्छिन्, चुप लागेर बस्न रूचाउँदिनन्।
उनकाे त्यही चन्चले स्वभावकाे कारण पनि उनकाे धेरै फ्यान्सहरू छन्। उनकाे हाँसाे धेरैलाई मनपर्ने गरेकाे गर्छ। तर उनका श्रीमान अजय भने निकै विपरीत छन्।
अजय धेरै कम बाेल्छन्। तर बलिउडका धेरै कलाकारहरूले भने अजयलाई शरारती भन्ने गरेका छन्। उनी ठट्टा गर्ने व्यक्ति भएकाे कलाकारहरूकाे भनाइ छ।
त्यही कलाकारमध्येकी एक हुन्, दिग्गज अभिनेत्री अरुणा इरानी। उनले अजयलाई सबैभन्दा ठूलो शैतान भनेकी थिइन्।
अरुणा इरानी विगतकी एक लोकप्रिय अभिनेत्री हुन्। धेरै फिल्म र टिभी सिरियलमा काम गरिसकेकी अरुणाले अजय देवगनसँग पनि काम गरेकी छिन्।
एक पटक जब उनी अजयसँग फिल्मको सुटिङ गरिरहेकी थिइन्, अजयले उनको सहयोगमा अनुभवी अभिनेता अमरीश पुरीलाई ठट्टा गर्थे।
एक पटक प्रसिद्ध हास्य कलाकार कपिल शर्माको कार्यक्रममा आएकी अरुणा इरानीले अजय देवगनको बारेमा एउटा रोचक कथा सुनाइन्।
उनले १९९५ को फिल्म 'हकीकत' को सेटसँग सम्बन्धित एउटा घटना सुनाइन्। यस फिल्ममा अजयको अपोजिटमा तब्बुले काम गरेकी थिइन्। अरुणा इरानी, अमरीश पुरी र जोनी लिभर पनि यसमा सहभागी थिए।
कपिलको शोमा अरुणा इरानीले भनिन्, 'अजय देवगन जस्तो काेही बदमास छैनन्। उसले मलाई धेरै जिस्क्याउँथ्यो।'
अजय देवगन हालै फिल्म 'रेड २' मा देखिएका थिए। जुन बक्स अफिसमा धेरै कमाई गरेर सफल भएको थियो।
अब अभिनेताले आफ्नो फिल्म 'सन अफ सरदार' को सिक्वेल 'सन अफ सरदार २' ल्याउँदैछन्।