बिएल संवाददाता
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गको स्तरोन्नती एवं कालिकोटको नाग्मदेखि मुगुको गमगढीसम्म सडक कालोपत्रे गर्नका लागि भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङसँग भेट गरेका छन्।
मन्त्री घिसिङसँग भेटवार्ताबारे जानकारी दिँदै शाहीले उक्त सडकको एआई, डीपीआर, वाल निर्माण पुल निर्माण सम्पन्न भइसकेका र अब बाँकी कालोपत्रे मात्र रहेको बताए।
उनले विगत तीन वर्षदेखि सिञ्जामा ६ किलोमिटर बाटो पिच, जुम्ला जाजरकोट सडकको जुम्ला तर्फबाट बाटो पूर्ण रूपमा कच्ची बाटो खनिएको, जुम्ला सदरमुकामदेखि नाकमासम्म ३२ किलोमिटर बाटो कालोपत्रसहित स्तरोन्नति साथै पुल निर्माण, जुम्ला सदरमुकाम खलङ्गादेखि तलफी, पेरेसम्म यो वर्ष करिब १० करोड छुट्याइएको बताए।
शाहीले जुम्लाकोट जाने बाटो स्तरोन्नती एवं तिलाखोला पुल निर्माण सम्पन्न, सिञ्जा क्षेत्रमा पाँचवटा पुल निर्माण हुनुपर्नेमा तीनवटा पुल निर्माण सम्पन्न भएका बताउँदै उनले दुईवटा पुल जग्गा विवादका कारण रोकिएको जानकारी मन्त्री घिसिङलाई गराए।
उनले जुम्ला सदरमुकाम खलङ्गाभित्रको बाटो बजेट परे पनि ठेकेदारले अलपत्र पारेका बताए। यस्तै उनले ठेकेदारलाई छिटोभन्दा छिटो काम गर्न र यदि काम गरेनन् भने कानुनी कारबाही गर्नका लागिका लागि घिसिङसमक्ष आग्रह समेत गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया