‘निर्मलाको केसमा जस्तो अनुसन्धान नहोस् भनेर सुरूदेखि नै बैतडी आएँ’

खिलानाथ ढकाल

काठमाडाै‌ं
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसहितलाई विदाइ गर्दै स्थानीयवासी। तस्बिर सौजन्य: गोकर्ण दयाल/बैतडी
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसहितलाई विदाइ गर्दै स्थानीयवासी। तस्बिर सौजन्य: गोकर्ण दयाल/बैतडी

नेपाल प्रहरीले सबैभन्दा बढी आलोचना भएको राष्ट्रिय,अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको घटना हो- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या। 

२०७५ साउनमा उनको बलात्कारपछि हत्या भएको थियो तर  साढे २ वर्षसम्म बित्दा पनि उनका हत्यारा पत्ता लागेका छैनन्। 

निर्मलाका हत्यारा रहस्यमै रहेका बेला सुदूरपश्चिम यस्तै प्रकृतिको घटना भयो। कञ्चनपुरबाट केही माथि रहेको बैतडीमा अर्की किशोरीको बलात्कारपछि हत्या भएको अवस्थामा शव  फेला पर्‍यो। 

धेरैलाई आशंका थियो- भागरथीको बलात्कार-हत्या अनुसन्धान पनि निर्मलाकै जस्तै हुने त होइन। 

यसपालि प्रहरीले निर्मलाको घटनामा भएको गल्ती दोहोर्‍याएन बरू १४ दिनमै अभियुक्त सार्वजनिक गर्‍यो। 

यो सफलतापछि प्रहरीले भन्न थालेको - निर्मला पन्तको हत्यारा पनि पत्ता लाग्दैछन्।

कसरी?

‘यो अनुसन्धान अधिकृतको मेहनत, समाजको सहयोग र विश्वसनीय अनुसन्धानको कौशलले प्राप्त हुने नतिजा हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी भन्छन्।

पन्त हत्याका लागि नेपालमा कहलिएका अनुसन्धान अधिकृत र विशेषज्ञ टोली परिचालित छ,  सफलता हात लाग्छ भन्ने विश्वास सुवेदीलाई छ।

बैतडी घटनापछि सुवेदी आफैं घटनास्थल पुगेर अनुसन्धानमा खटिए। यसरी कुनै पनि जिल्लामा भएको घटना अनुसन्धानमा माथिल्लो दर्जाको प्रहरी अधिकारी बिरलैमात्र पुग्छन्।

सुवेदीले बैतडी गएर सुरूमा प्रहरीको काममा अनुगमन, निर्देशनका साथै नागरिकस्तरमा प्रहरीले गर्ने अनुसन्धानबारे बुझाउने प्रयास गरे।

प्रकाशित मिति: : 2021-02-17 19:09:00

प्रतिकृया दिनुहोस्