नेता पोखरेललाई मातृ शोक

नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह) का मोरङ अध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेश पोखरेललाई मातृ शोक परेको छ।

आज विहान आमा यसोदा पोखरेलको निधन भएको नेता पोख्रेलले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। उनले लेखेका छन्, ‘आमाले छोडेर जानुभयो, आमाप्रति श्रद्धाञ्जली।’

आमाको २०१५ माघ १० गते संखुवासभाको मादीमा जन्म भएको थियो भने निधन आज विहान ७ः३० बजे विराटनगरमा भएको जनाइएको छ।

प्रकाशित मिति: : 2021-02-17 17:59:00

प्रतिकृया दिनुहोस्