पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँले बढ्यो

Mayur pati

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगमले डिजेल, पेट्रोल तथा मट्टितेलमा २ रुपैयाँले बढाएको हो।

एक सातामै डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ बढेको निगमले जनाएको छ।

बढेको मूल्यपछि काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ रडिजेल/मट्टितेलको मूल्य ९७ रूपैयाँ कायम भएको छ भने हवाइ इन्धनको भाउ ६७ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

उक्त मुल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ। यसअघि आयल निगमले माघ २८ गते डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो।
 

प्रकाशित मिति: : 2021-02-16 21:33:00

प्रतिकृया दिनुहोस्