- बुढो भएर नि कति पात्तिनु पर्या होला, छ्या!
- म कहिले, कुन मितिदेखि बुढो भएँ?
- नातिको बिहे भइसक्यो, बाजे तन्नेरी भइरहन्छ होला नि!
- त्यसो होइन, तिमी बूढी भयौँ होला, म त बूढो भएको छैन।
- हो, हो, मत बूढी भइसकेँ, तपाई चैँ २५ बर्षे तन्नेरी हुनुहुन्छ।
- तिमीले कुरै बुझेकी छैनौँ।
- के बुझ्नुपर्यो र, अब पनि केही कुरो बुझ्न बाँकी छ? हाडछाला बिसाउने बेलामा?
- त्यसो हैन, हाम्रो नातिको बिहे भएदेखि म त झ्न फुर्तिलो पो भएको छु।
- मनले मात्र फुर्तिलो छु भनेर भएन क्यारे! दुई भर्ययाङ उक्लिनुपर्यो भने थाहा भइहाल्छ नि! कति फुर्तिलो छु भन्ने त।
- त्यसो भन्या हो त? नाति र नातिनी बुहारीलाई देख्दा मलाई त आफ्नै बिहेका दिन सम्झना भएर हैरान भा’छ अचेल।
- के गर्ने त, सधैँ दिन बेला एकनास हुँदैन क्यारे, उमेरले पर्खी बस्दैन।
- हाम्रो नातिले कत्ति माया गर्छ आफ्नी दुलहीलाई, तिमीलाई के थाहा छ?
- थाहा छ, थाहा छ, सबै लोग्नेमान्छे त्यस्तै त हुन्, बोक्नु ब्याउनु नभएसम्म त स्वानीलाई सधैँ चाटेर बस्न पाए हुन्थ्यो जस्तो गर्छन् नि!