अनेरास्ववियू उर्लाबारी क्याम्पस कमिटी गठन 

नेपाल कम्युनिस्ट  पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू उर्लाबारी बहुमुखी क्याम्पस कमिटी गठन भएको छ।

मंगलबार भएकाे बृहत विद्यार्थी भेलाले रामु तिवारीको संयोजकत्वमा १ सय ६० सदस्यीय क्याम्पस कमिटी गठन गरेको हो ।

नेकपा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य भाष्कर खनाल, नेकपा मोरङ सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख रुपेश खतिवडा विशिष्ट, अनेरास्ववियू केन्द्रिय सदस्यहरु सन्तोष घिमिरे, तुलसी घिमिरे,  गणेश घिमिरे, सुनिल धिमाल  लगायतको उपस्थितिमा कमिटी गठन भएको हो ।

प्रकाशित मिति: : 2021-02-03 08:13:00

प्रतिकृया दिनुहोस्