प्रचण्ड–माधव पक्षको आयोगलाई पत्र, नेताहरु छलफलमा सहभागी भएनन्

नेकपा प्रचण्ड–माधव नेपाल पक्ष निर्वाचन आयोगलाई पत्र बुझाएर फर्किएको छ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताका बारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगले बोलाएको थियो। तर, प्रचण्ड–माधव पक्षका नेताहरुले छलफलमा सहभागी हुन नसक्ने लिखित जवाफ बुझाएका छन्।

प्रचण्ड–नेपाल पक्ष माघ १८ गतेसम्म काठमाडौंबाहिरका राजनीतिक कार्यक्रममा छन्। अध्यक्षद्वय आफै आयोगमा आउन चाहेकाले माघ १८ पछि आयोगले बोलाएमा उपस्थित हुने जानकारी दिएर, नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान फर्किएका हुन्।

कार्यालय सचिवले हस्ताक्षर गरी पठाइएको पत्रमा भनिएको छ, ‘माधवकुमार नेपाल र पुष्पकमल दाहाल दुवै अध्यक्ष माईघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनैतिक कार्यक्रममा व्यस्त रहनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भई छलफल गर्न चाहनु भएको हुँदा आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको ब्यहोरा अवगत गराउन चाहन्छु।’

आयोगले बिहिबार नेकपाका दुबै पक्षका अध्यक्ष अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई आयोगमा प्रतिनिधि पठाउन आग्रह गरेको थियो।

प्रकाशित मिति: : 2021-01-29 13:01:00

प्रतिकृया दिनुहोस्