नेकपा (ओली)को लुम्बिनी प्रदेश अध्यक्षमा लीला गिरी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले लीला गिरीलाई लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष बनाएको छ।

यो पक्षको प्रदेश कमिटी बैठकले गिरीलाई अध्यक्ष बनाएको हो।

उनी यसअघि केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्जमा थिए। त्यस्तै बैठकले प्रदेश कमिटी सचिव पनि चयन गर्ने बताइएको छ।

गिरी लुम्बिनी प्रदेश सरकार पर्यटनमन्त्री समेत हुन्।

प्रकाशित मिति: : 2021-01-28 15:17:00

प्रतिकृया दिनुहोस्