आफ्नो चुनाव क्षेत्र पुगेर कमल थापाले भने- अबको बिकल्प राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आफ्नो चुनावी क्षेत्र पुगि दिनभर कार्यकर्ता भेटघाटमा ब्यस्त भए ।

आज मकवानपुर-१ को बागमती गाउँ पालिकामा पुगि विभिन्न वडाका आयोजित अगुवा कार्यकर्ता भेलामा सरिक हुँदै थापाले सम्बोधन गरे । 

०६२र६३ को परिबर्तन पछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटिपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए । 

उनले अब काग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गरे । राईगाउँ र फापरबारिमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफुले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत चर्चा गरेरु आफूसङ्ग प्रतिस्पर्धा गर्ने भन्दा म मा के कुरा कम छरु योग्यता , क्षमता, अनुभव भनी प्रश्न गर्दै थापाले आफुले मकवानपुरे जनताको थप माया खोजेको बताए। 

काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताको चर्चा गर्दै थापाले भ्रष्टाचार , बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आबश्यकता भएको बिचार ब्यक्त गरे । क्रान्ति र परिबर्तनको गफ दिने शक्तिहरु स्वार्थ ,शक्ति र पदको भागबण्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफुलाई ठुला भन्ने शक्ति काङ्ग्रेस कम्युनिस्ट असफल भएको बताए । 

कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारीता,निष्ठा र सिद्धान्त प्रतिको प्रतिबद्धताकाको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनु पर्ने आबश्यकतामा जोड दिए। भ्रष्ट र असक्षमलाई बिस्थापित गरि राप्रपालाई स्थापित गर्न उनको आग्रह थियो । 

कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरी न्यौपाने,जिल्ला सचिब सागर थापा, दिल बहादुर बल,शरणकाजी श्रेष्ठ ,जोसेफ राई, मदन राना लगायतले बोलेका थिए। थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।

प्रकाशित मिति: : 2021-01-16 21:39:00

प्रतिकृया दिनुहोस्