पर्साका एसपी पन्तको सरुवा

पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको सरुवा भएको छ। 

प्रहरी प्रधान कार्यालयले उनको केन्द्रीय अनुसन्धान व्युरो इन्टिलिजेन्स महाशाखा, महाराज काठमाडौंमा सरुवा गरेको छ ।

अब पर्सामा नयाँ एसपीका रुपमा बेलबहादुर पाण्डे आउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको निर्णयबाट ३० जना एसपीहरुको सरुवा गरिएको जनाएको छ ।

जसअनुसार झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाइएको छ ।

कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ भने धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ ।

प्रकाशित मिति: : 2021-01-06 11:17:00

प्रतिकृया दिनुहोस्