शेयरबजारमा फेरि छायो राैनक, नेप्से ४९.१७ अंकले बढ्यो

बिएल संवाददाता

काठमाडाै‌ं

केही दिन सुस्त शेयरबजारमा बुधबार पुनः रौनकता आएको छ। नेप्से सूचकमा आकर्षक सुधार भएको छ।

नेप्से सूचक बुधबार ४९.१७ अंकले बढेर २०६२.०६ विन्दुमा पुगेको छ। शेयर कारोबार रकम पनि क्रमशः सुधार भएको छ।

केही दिनको करेक्सनपछि बजारले देखिएको अनुमान गरिएको छ। सूचीकृत २०८ कम्पनीको ४ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ।

कुल ९९ लाख १० हजार ३ कित्ता शेयर कारोबार भएको छ। विकास बैंक र होटल बाहेक बाँकी सबै समूहको सूचक विस्तार भएको छ। सबैभन्दा बढी उत्पादनमूलक समूहको सूचक ३४८.२१ अंकले बढेको छ।

बुधबारको कारोबारमा पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, मल्टिपर्पस फाइनान्स र एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको हो। साल्ट ट्रेडिङको भाउ १०% ले बढेको हो।

यता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.७६ प्रतिशत, रिलायन्स फाइनान्सको २.९९ प्रतिशत, खानीखोला हाइड्रोपावरको २.८० प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको २.७८ प्रतिशतले घटेको छ।

शिवम् सिमेन्टको सबैभन्दा धेरै ३४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआइसी एशियाको ३२ कराेड २३ लाख, हिमालयन डिस्टिलरीको २८ करोड ६७ लाख र नेपाल लाइफ इन्स्योरेन्सको २७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका ९५ कम्पनीको शेयरमूल्य बढेको छ भने ६० कम्पनीको शेयरमूल्य घटेको छ।

प्रकाशित मिति: : 2020-12-30 16:11:00

प्रतिकृया दिनुहोस्