११ जना सिडिओको सरुवा

बिएल संवाददाता

काठमाडाै‌ं

गृह मन्त्रालयले ११ जना सिडिओको सरुवा गरेको छ। 

मन्त्रालयले शुक्रबार सहसचिवहरु ढुण्डीप्रसाद निरौला ललितपुरमा, केशवप्रसाद विमली महोत्तरीमा र बासुदेव दाहाल धनकुटामा सरुवा गरेको हो। 

यसैगरी उपसचिव अर्जुनकुमार शर्मा रामेछापमा, कृष्णप्रसाद भण्डारी भोजपुरमा, डोल्पामा माधवप्रसाद ढकाल, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर सिवाकोटी, पाँचथरमा पुण्यप्रसाद ढकाल र तेह्रथुममा जयराज भण्डारीको सरुवा भएको छ। यसैगरि भोजपुरमा बसन्तराज पुरीलाई पठाइएको छ।

प्रकाशित मिति: : 2020-12-18 15:57:00

प्रतिकृया दिनुहोस्