बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले कोरोना भाइरस नियन्त्रणको लागि थप २५ करोड डलर सहयोग गर्ने भएको छ।
काेराेना भाइरससँग सम्बन्धित अनुसन्धान तथा खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने घोषणा गरेको हाे।
सन् २०२१ मा सबैका लागि काेराेना भाइरससँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ।
फाउन्डेसनले बिहीबार जारी गरेको विज्ञप्तिमा सन् २०२१ मा विश्वको अवस्थामा व्यापक सुधार हुने अपेक्षा पनि गरिएको छ।
फाउन्डेसनकी सह–अध्यक्ष मेलिन्डा गेट्सले विश्वका सबै ठाउँका धनी गरिब सबै किसिमका मानिसले काेाराेना भाइरस को खोप सहज र सुलभ रुपमा प्राप्त गरेको सुनिश्चित गर्न विश्वका नेताहरुले विशेष रुपमा ध्यान दिने विश्वास पनि व्यक्त गरेकी छिन्।
फाउन्डेसनले काेराेना भाइरस को खोपलाई सस्तोमा सबै क्षेत्रमा खासगरी न्यून आय भएका मुलुकहरुमा उपलब्ध गराउन घोषित रकमको उपयोग गरिने पनि जनाएको छ।
काेराेना भाइरसविरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाईमा स्थापित गेट्स फाउन्डेसनबाट भएको कूल प्रतिबद्धता १ खर्ब ७५ अर्ब डलर पुगेको छ।