राष्ट्रिय क्रिकेट टोलीको छनोट समितिमा नेपाली क्रिकेटका पहिलो कप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ मा बसेको बोर्ड बैठकले दुई समिति निमार्ण गरेको हाे। जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पहिलो कप्तान कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरेको जनाएको छ।
कर्माचार्य सन् १९९६ मा मलेसियामा भएको प्रथम एसिसी ट्रफि इलेट कप नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलबाट औपचारिक सुरुवात गर्दा नेपाली क्रिकेट टोलीको कप्तानी गर्दै पहिलो कप्तान बनेका थिए।
यता क्यानले उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजक रहने गरि क्रिकेट समिति पनि निर्माण गरिएकाे छ।
उपाध्यक्ष राजुबाजु स्वयं क्यानको कार्यसम्पादन समिति सदस्यको रुपमा रहेका छन् । क्यानले गत पुस २२ गते दैनिक कार्यसम्पादन सहज होस् भन्ने उद्देश्यले अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य अमितविर पाण्डे सम्म्लित पाँच सदस्यीय कार्यसम्पादन समिति बनाएको थियो ।
क्रिकेट समिति र छनोट समितिका अन्य सदस्यहरु संघको आगमी बैठकबाट थप गरिने क्याले जनाएकाे छ।
क्यानले यसअघि नै रोशन कुमार सिंहको संयोजकत्वमा फाइनान्सियल कमिटी, प्रशान्तविक्रम मल्लको सयोजकत्वमा टुर्नामेन्ट कमिटी, संजयराज सिंहको संयोजकत्वमा टेक्निकल कमिटी र सचिव अशोकनाथ प्याकुरेलको संयोजकत्वमा मिडिया कमिटी निर्माण गरिसकेको छ ।