चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगे

बिएल संवाददाता

काठमाडाै‌ं

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन्। केही घण्टाका लागि काठमाडौं आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन्।

विमानस्थलबाट सिधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने छन्।

सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने छन्। उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन्।

जंगीअड्डामा सेनाको टोलीले फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ। त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल (अफिस कल) गर्ने छन्।

जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने छन्। बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन्।

राष्ट्रपतिलाई भेटेपछि उनी सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ।

भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति: : 2020-11-29 11:15:00

प्रतिकृया दिनुहोस्