सेयर बजारमा सर्वोच्च कीर्तिमान, नेप्से इतिहासकै उच्चबिन्दुमा

बिएल संवाददाता

काठमाडाै‌ं

सेयर बजारले हालसम्म सर्वोच्च कीर्तिमान कायम गरेको छ। यसअघिको उच्चतम विन्दु १८८१ लाई सजिलै क्रस गरिदिएको हो। नेप्से सूचक १९२६ विन्दुसम्म बढेर १८९३.२४ विन्दुमा बन्द भएको हो। 

बिहीबार नेप्से सूचक १८.४३ अंकले छ। यसैगरी, खरिदबिक्री रकमले अहिलेसम्मकै नयाँ कीर्तिमान कायम गरेको छ। नेप्से सूचक र खरिदबिक्री रकम दुवैले अल टाइम हाइ रेकर्ड बनाएका हुन्। यससँगै नेपाली पुँजी बजार चरणमा प्रवेश गरेको छ। 

सेयर बजार सुधारका कार्यक्रम अघि बढ्नु, बैंक ब्याजदर निकै तल्लो विन्दुमा आउनु अनि लगानीकर्ता पनि बजारप्रति आश्स्त हुन सक्नु नै बजार नयाँ चरणमा प्रवेश गर्नुको प्रमुख कारण हो। अब आगामी दिनहरुमा पनि बजारले क्रमशः नयाँ नयाँ रेकर्डहरु बनाउँदै जाने विश्वास गरिएको छ।

बढ्दो बजारमा केही करेक्सन हुनु सामान्य भए पनि औसतमा नेप्सेको गति माथितिरै हुने विश्लेषणहरु भइरहेका छन्। खरिदबिक्री रकम र सूचक दुवैमा उत्साह देखिएकाले बजार विस्तारको थप सम्भावना देखिएको हो। 

वाणिज्य बैंक समूहले लीड गरेपछि नेप्सेले सजिलै यसअघिको उच्च रेकर्डलाई ब्रेक गर्न सकेको हो। नेप्से सूचक अहिलेसम्मकै उच्चतम विन्दुमा पुगिरहँदा पनि अझै सबै वाणिज्य बैंकहरुको सेयर भाउ बढिरहेको छैन।

सेयर बजारमा सबैभन्दा धेरै हिस्सा ओगट्ने समूहको भाउ वृद्धि हुनै बाँकी रहकाले भविष्यमा बजारको वृद्धि अझै धेरै माथि जान सक्ने विश्लेषकहरुको भनाइ छ।
 
२०१ कम्पनीको ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १ करोड ७१ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। 

१२ समूहमध्ये ५ वटा समूह माथि लागेका छन् भने बाँकी तल झरेका छन्। एनएमबि माइक्रोफाइनान्ससहित ४ वटा कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ।

प्रकाशित मिति: : 2020-11-26 15:23:00

प्रतिकृया दिनुहोस्