झापा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
मेचीनगर १५ हेल्दुबारीबाट सोही ठाउँका २४ वर्षीय विष्णु राजवंशी र १८ वर्षीय सागर पाहनलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएकाे छ।
उनीहरूको साथबाट ११.०६ ग्राम ब्राउनसुगर फेला परेको छ।
उनीहरू सवार बा३८प ३८८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउनसुगर, ८१ हजार १ सय नेपाली रुपैयाँ, ११० रुपैयाँ भारु बरामद भएको प्रहरीले जनाएको छ।