सुर्खेतको वीरेन्द्रनगरमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।
उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कात्तिक २४ गते राति साढे १० बजे प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो।
शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएर उनी आज बिहान करिब ४ बजे बेहोस भएका थिए।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या १७ पुगेको छ।