नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ।
मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन्।