रुसमा कोरोना भ्याक्सिन तयारी गरिरहेको नेशनल रिसर्च सेन्टर (आरडीआईएफ) ले ‘स्पुटिनिक बी’ निकै प्रभावशाली भएको दावी गरेको छ। आरडीआईएफले यो भ्याक्सिनको प्रभाव ९२ प्रतिशत रहेको र तेस्रो चरणको परीक्षण पनि पुरा भएको दावी गरेको छ।
यसअघि अमेरिकी कम्पनी फाइजरले पनि दावी गरेको थियो कि उसको भ्याक्सिन ९० प्रतिशत प्रभावशाली छ।
रुसले भ्याक्सिन परीक्षणमा ४० हजार स्वयम सेवकलाई समावेश गराएको बताएको छ। यसमा १६ हजारमा भ्याक्सिनको थोपा प्रयोग भएको थियो। उनीहरूको २१ दिनसम्मको गतिविधि हेरेपछि यस्तो दावी गरिएको हो।
२० वटा कन्फर्म केसमा भ्याक्सिनको दोस्रो डोजले ९२ प्रतिशत प्रभाव पारेको बताइएको छ। यो परीक्षण बेलारुस, युनाईटेड अरब इमिरेट्स, भेनेजुएला र भारतमा पनि भइरहेको छ।
रुसको स्वास्थ्य मन्त्रालयले ११ अगस्टमा ‘स्पुटिनिक बी’ भ्याक्सिनलाई रजिस्टर गरेको थियो।