नेकपा सरकार देश र जनता जोगाउने बेलामा सत्ता र पार्टी जोगाउन लाग्याे: सांसद यादव

प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले नेकपा सरकार जनतालाई दुःख परेको बेला सत्ता र पार्टी जोगाउन व्यस्त रहेको आरोप लगाएका छन् । 

जनता समाजवादी पार्टी वीरगञ्ज— २१ वडा इकाई समिति परवानीपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारमा रहेको नेकपा सरकारको लागि जनताभन्दा सत्ता प्यारो रहेको आरोप लगाए । 

‘देश र जनता इतिहासकै एक कठिन समयबाट गुज्रिरहेको बेला कम्युनिस्ट सरकारले जनताको पर्वाह नगरी सत्ताको पाठ मात्र पढ्दै आयो। यो बला पार्टीको भन्दा जनताको बारेमा सोच्नु पर्थो,’ उनले भने।

अहिलेको कोभिड–१९ को महामारीका बेला नेकपा भित्रको आन्तरिक बिबादका कारण जनताले सास्ती भोग्नु परेको बताए।

‘अहिलेको परिस्तिथि कठिन भएपनि एउटा रोडम्याप तयार गरेर सरकार अगाडी बढेर काम गर्नुपर्थो,’ उनले भने,‘जनताको हितको लागि काम गर्नु पर्ने सरकारले झन् बेवास्ता गरेर यस महामारीबाट ज्यान जोगाउन गह्रो भइरहेका जनतालाई आर्थिक भार थप्यो।’

अहिलेको परिस्तिथिमा जनता भोकले र रोगले आफैँ बच्नु पर्ने रहेको समेत बताए। ‘सरकारले प्रयाप्त योजना नबनाउँदा प्रतिपक्षकै अनुभूति जनताले पाए,’ उनले भने।

सांसद यादवले अबको वैकल्पिक शक्ति जसपार्टी हुने निश्चित रहेको बताए। 

‘जसपा आज तेस्रो शक्ति देखिँदा पनि सम्पूर्ण मधेशवादी र आफ्नो हक अधिकारका लागि संघर्षरत रहेका समर्पूण शक्तिहरु एक जुट भएर अगाडी बढेपछि झन बलियो रूपमा प्रस्तुत हुनेछ। अबको संघर्ष मधेशमा मात्र नभई देशमा एकसाथ हुनेछ,’ उनले भने। 

कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय २५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।  

प्रकाशित मिति: : 2020-11-07 17:12:00

प्रतिकृया दिनुहोस्