नारायण गोपाल र गोपाल योञ्जनका समकालीन संगीतकारको अमेरिकामा निधन

नारायणगोपाल र गोपाल योञ्जनका समकालीन संगीतकार उदय शमशेर राणाको अमेरिकाको सियाटलमा निधन भएको छ। 

उनको उमेर ७४ वर्ष थियो। उनी पत्नी विजयासँगै सियाटल बस्दै आएका थिए।  चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमीले सामाजिक सञ्जालमा राणाको निधनमा दुः ख व्यक्त गरेका छन्।

‘राणा नारायणगोपाल र गोपाल योन्जनका समकालीन र मितज्यू नाइटका एक वाद्यवादक थिए,’ उनले आफ्नो पोस्टमा लेखेका छन्।

प्रेमध्वज प्रधान, उदितनारायण झा, हेमगोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मिरा राणा, उर्मिला मानन्धर, प्रदिपराज पाण्डेलगायत गायकले उनको संगीतमा आधुनिक गीत गाएका छन्।

संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन्।
 

प्रकाशित मिति: : 2020-11-03 14:53:00

प्रतिकृया दिनुहोस्