फिल्म ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु

Breaknlinks
Breaknlinks

 

  नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार जितु नेपालको मुख्य भूमिका रहने फिल्म ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु भएको छ। यो फिल्मको सोमबार पर्वतमा मुर्हत गर्दै छायांकन सुरु गरिएको हो ।
फिल्म ‘ह्यारीकी प्यारी’को पर्वतको भुक देउरालीमा छायांकन भइरहेको छ । कलाकार नेपालले छायाँकन स्थलबाट मेकअप गर्दै गरेको फोटो फेसबुकमा सेयर गरेका छन्। यस अघि पनि उनले बिजय बराल सङ्गको फोटो सेयर गरेका थिए। फिल्मलाई डा। कपिल रिजालले निर्देशन गर्दैछन्। डा।रिजालले यही फिल्म मार्फत निर्देशनमा डेव्य गरेका हुन् ।
छक्का पन्जा समूह सङ्ग आबद्द रहदै आएका जितु पछील्लो समय एक्लिदै गएका छन। उता छक्का पन्जा ४ मा उनि नअटाएपछी यो फिल्म साइन गरेका हुन।
फिल्ममा साम्राज्ञी र जितुसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रमेश अधिकारी लगायत कलाकारको अभिनय रहनेछ। फिल्ममा जितु नेपाल र साम्राज्ञी प्रेम जोडीको रुपमा प्रस्तुत हुने निर्माण समुहले जानकारी दिएको हो।

प्रकाशित मिति: : 2022-01-25 17:23:00

प्रतिकृया दिनुहोस्