बीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

गडी ४ सुनसरीकी ५५ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।

मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो।

ती महिलामा उच्च रक्तचापको पनि समस्या रहेकाे डा श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-21 11:45:00

प्रतिकृया दिनुहोस्