पुनर्गठित मन्त्रिपरिषद्‍को पहिलो बैठकले गर्‍याे सचिवहरूको सरुवा, को कहाँ पुगे?

मन्त्रिपरिषद् पुनर्गठन भएपछि पहिलोपटक बसेको बैठकले सरकारका केही सचिवको सरुवा गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ।

आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा काठमाडौं महानगरपालिकामा कार्यरत एकनारायण अर्याललाई ल्याइएको छ। 

यता ऊर्जा मन्त्रालयका रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालय लगिएको छ। 

 प्रधानमन्त्री कार्यालयमा रहेका यादव कोइरालालाई त्यहाँको जिम्मेवारी दिइएको छ। 

 खेलकुद मन्त्रालय सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ। 

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने र उपराष्ट्रपतिको कार्यालयका खगराज बरालको जिम्मेवारी साटफेर गरिएको छ। 

प्रकाशित मिति: : 2020-10-15 22:09:00

प्रतिकृया दिनुहोस्