उपप्रधानमन्त्री पोखरेलद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यभार सम्हाले

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन् । 
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन् । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन् ।  आज बिहीबार कार्यभार सम्हाल्दै कुरा गर्दै उनले आफूले आफूले कुराभन्दापनि काम गरेर देखाउने बताएका छन् ।

उनले आफूले अमूर्त कुरा गर्ने नभई नीतिगत र मूर्त कुरा तथा काम गर्न चाहेको प्रतिक्रिया दिए । त्यस्तै, उनले कर्मचारी ढल्किँदै आउने र जाने मात्र काम भएको सुनाउँदै त्यसमा आफ्नो असन्तुष्टि पोखे । र, त्यसमा सुधार गर्ने पनि उनले वचनबद्धता जनाए ।

'म अमूर्त कुरा गर्ने होइन, नीतिगत र मूर्त कुरा तथा काम गर्न चाहन्छु । यसअघि मेरो तहको मन्त्रीले यसरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी पाएको मलाई थाहा छैन,' उनले भने, 'हेल्लो सरकार के गर्दैछ ? कर्मचारी ढल्किँदै आउने र जाने मात्र काम भएको छ, यस्ता धेरै कामहरू गर्नुपर्ने छ ।'

उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार मन्त्रालयका कर्मचारीहरुलाई गन्थन र गुनासो नभई समस्याको र समाधानको उपायसहित आउन निर्देशन दिएका छन्।

मन्त्रीपरिषद कार्यालयमा आएलगत्तै उनले मन्त्रीपरिषद्‌को कार्यालयको थुप्रै महत्वपूर्ण जिम्मेवारी रहेको र त्‍यो पूरा गर्नका लागि कर्मचारीहरुले स्पष्ट योजनासहित काम गर्न अब आवश्‍यक रहेको भन्‍दै उक्त निर्देशन दिएका हुन्।

उनले हेलो सरकारको उदाहरण पेश गर्दै भने, ‘हेलो सरकार के गर्दैछ? कर्मचारी दिउँसो घाम तापेर, ढल्किएर आउँदैमा के कार्यक्रम सफल हुन्छ ? यसमा थुप्रै कार्यक्रमहरुमाथि प्रश्‍न उठेका छन्। ती सबै प्रश्‍नहरुको समाधान हामीले नै गर्ने हो।’

यस्तै पोखरेलले यस कार्यालयका कर्मचारी र आफू स्वयमले प्रधानमनी केपी शर्मा ओलीको निर्देशन स्पष्ट रुपमा लागू गर्नुपर्ने बताए। उनले यो कार्यालयले राष्ट्रिय अनुसन्धान विभाग, सम्पति शुद्धिकरण विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रलगायत महत्वपूर्ण क्षेत्रहरुको काम समेत चुस्त, दुरुस्त रुपमा गर्नुपर्ने आवश्‍यक परेको बताए।

‘चुस्त कामका लागि यस कार्यालयलय आवश्‍यक पर्ने नीति, कानून र निर्णयहरु बदल्‍ने र कार्यान्वयन काम गर्नेछ,’ उनले भने, ‘यस कार्यालयका कामको आ-आफ्नै दृष्टिकोणबाट विश्लेषण हुने गरेका छन्। सञ्चार माध्‍यममा पनि बेग्लै दृष्टिकोणबाट हेरिने गरिएको छ। तर हामीले भन्‍नेलाई दोष नदेऊ, भनाइलाई चेतावनी देऊ’ भन्‍ने नारासहित अगाडि काम बढाउनु पर्छ।’

यसैबिच निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई नेपाली सेनाले जंगीअड्डामा एक कार्यक्रमको आयोजना गरी विदाइ गर्ने भएको छ । यसका लागि प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार साँझ जंगीअड्डामा कार्यक्रम राखेका छन् ।

नेपाली सेनासँग भएको तनावका कारण पोखरेलको जिम्मेवारी खोसिएको चर्चा भइरहेको वेला सेनाले विदाइको कार्यक्रम राखेको हो। जंगीअड्डामै विदाइ गर्ने भएपछि रक्षा मन्त्रालयमा बुधबार भएको विदाइ कार्यक्रममा उपरथी शशिबहादुर सिंह सहभागी भएका थिए।

प्रकाशित मिति: : 2020-10-15 17:56:00

प्रतिकृया दिनुहोस्