नवनियुक्त अर्थमन्त्री पौडेल र महिलामन्त्री श्रेष्ठले सम्हाले कार्यभार

नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्।

बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि उनीहरुले पदभार ग्रहणगरेका हुन्।

अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणअघि उनलाई अर्थ मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए।

यस्तै, नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पनि पदभार सम्हालेका छन्। 

श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर शपथ लिएका हुन्। 

निवर्तमान महिलामन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मा दिएर श्रेष्ठलाई नियुक्त गरिएको हो।

प्रकाशित मिति: : 2020-10-15 14:29:00

प्रतिकृया दिनुहोस्