नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

झलनाथ खनाल
झलनाथ खनाल

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। रक्तचाप बढेपछि हिजो दिउँसो उनी हेम्स अस्पतालमा भर्ना भएका हुन्।

खनालका प्रेस संयोजक कृष्ण भट्टराईका अनुसार अहिले स्वास्थ्य अवस्था सामान्य हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

तर उनलाई आज साँझसम्म अस्पतालमै रहन चिकित्सकहरुले सुझाव दिएका छन्। अस्पताल भर्ना हुनुअघि खनालको पीसीआर परीक्षणसमेत गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।

प्रकाशित मिति: : 2020-10-15 11:08:00

प्रतिकृया दिनुहोस्