सर्लाहीमा प्रहरीचौकी घेर्न पुगेका सांसदहरूमाथि अश्रृग्याँस, कैयौं घाइते

सर्लाहीको रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले सर्लाहीको मलंगवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
सर्लाहीको रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले सर्लाहीको मलंगवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

सर्लाहीको रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले सर्लाहीको मलंगवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायतका नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। 

कांग्रेसले मलंगवाको मलंगवा पब्लिक मावि अगाडीबाट विरोध प्रदर्शन सुरु गरेको थियो। 

हत्याको छानबिन र उजुरी लिन माग गर्दै शान्तिपूर्ण प्रदर्शन जिल्ला प्रहरी कार्यालयअघि पुगेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको प्रदेशसभा सदस्य सिंहले बताएका छन्। 

प्रदेश सांसद सिंहले प्रहरीले सयौं राउण्ड हवाइ फायरसमेत गरेका दाबी गरेका छन्। प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिएका छन्। 

सर्लाहीका एसपी सन्तोषसिंह राठौरले प्रदर्शन नरोके प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंहलाई हतकडी लगाएर थुन्ने धम्की दिए थिए। 

कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई सहिद घोषणा गर्न माग गरेको छ। 

प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ४ जना घाइते भएको बताएका छन्। 

घटनामा संलग्न देखिएका विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको सिंहले जानकारी दिएका छन्। 

रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद वर्माले नेकपा कार्यकर्ताले रामको हत्या गरेको दाबी गरेका छन्। 

सुरुदेखि नेपाली कांग्रेसमा रहेका राम नेकपामा जान नमानेपछि उनको हत्या भएको वर्माको दाबी छ। 

नेपाली कांग्रेसबाट निर्वाचित वर्माले प्रहरीले बाहिरका तीनजनालाई पक्राउ गरेर वास्तविक दोषीलाई जोगाउन खोजेको आरोप लगाएका छन्। यसअघि राम मृत्यु प्रकरणको विषयमा सत्यतथ्य छनबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो।

प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारको तर्फबाट जाहेरीसमेत लिन नमानेका उसले आरोप लगाएको छ । रामनगर–७ सिसौट बस्ने राममाथि गत २१ गते बेलुका आफ्नो घरअघि बसिरहेको बेला १२-१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले धारिलो हतियारले आक्रमण गरेका थिए। 

आक्रमणमा परी गम्भीर घाइते भएका रामको २२ गते उपचारको क्रममा इन्डो अस्पताल वीरगंजमा मृत्यु भएको थियो। 

रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीस्थित मलंगलवा अस्पतालमा परिवारले ल्याउन खोजेपनि प्रहरीले दबाब दिएर वीरगंजस्थित नारायणी अस्पतालमा राखेको कांग्रेसको आरोप छ।

प्रकाशित मिति: : 2020-10-14 15:16:00

प्रतिकृया दिनुहोस्