यूएईका अलपत्र परेका १७ नेपाली घर फर्किए

बिगत ७ महिनादेखि यूएईमा अलपत्र परेका १७ जना नेपालीहरु आइतबार नेपाल एअरलाइन्सको उडान मार्फत सकुशल नेपाल पुगेका छन्।
बिगत ७ महिनादेखि यूएईमा अलपत्र परेका १७ जना नेपालीहरु आइतबार नेपाल एअरलाइन्सको उडान मार्फत सकुशल नेपाल पुगेका छन्।

बिगत ७ महिनादेखि यूएईमा अलपत्र परेका १७ जना नेपालीहरु आइतबार नेपाल एअरलाइन्सको उडान मार्फत सकुशल नेपाल पुगेका छन्। ७ महिनादेखि निरन्तर नेपाली मजदुर एकता समाजले उनीहरुको समस्यालाई फलोअप गरिरहेको थियो।

उनीहरु ७ महिना अघि एम.बि ह्युमन रिसर्च मेनपावरदेखि युएई को फ्लेक्स फ्यासेलेटी म्यानेजमेन्ट कम्पनीमा कामका लागि यूएई पुगेका थिए। तर काम गरेको एक महिना मै कामबाट निकालिए पछि त्यस कम्पनीमा काम गर्न गएका ३ सय ३६ जना कामदार अलपत्र परेका थिए। कोरोना (कोभिड-१९) महामारी सगै लक डाउन हुदा उनीहरु लामो समय देखि युएई मा अलपत्र परेका थिए।

पछि लकडाउन खुल्ना साथ धेरै जसो पहिले नै आफ्नै खर्चमा नेपाल पुगिसकेका थिए भने १७ जना पैसाको अभावमा यूएईमै अलपत्र परेका थिए। जसमध्ये अहिले १७ जनामा १५ जना नेपाल फर्केका हुन् भने दुइ जनाले काम पाएपछि उनीहरू यूएइमै बसेका छन्।

नेपाल मजदुर एकता समाजले उनीहरु अलपत्र परेको र उनीहरुको जतिसक्दो चाडो उद्धार गर्नको लागि भिडीयो तथा समाचार धेरैपटक प्रकाशित गर्दै नेपाल सरकारको ध्यानाकर्षण पनि गराउँदै आएको थियो।

यस अघि ९ अगस्टमा नेपाल जानको लागि दुबई एअरपोर्ट पुगेका उनीहरु ओभर स्टे फाइन तिर्न नसकेका कारण दुबई एअरपोर्टमै रोकिएपछि अलपत्र परेका थिए। यसरी अलपत्र परेका १७ जना नेपाली कामदारहरुलाई करिब २७ घन्टापछि नेपाली राजदूतावासको अनुरोधमा गैरआवासीय नेपाली संघ यूएईले उद्धार गरेर खान र बस्नको व्यवस्था गरेका थिए।

तर पछिल्लो केही समय पछि गैरआवासीय नेपाली संघ यूएई र युएईमा रहेका अन्य नेपाली संघ सस्थाका प्रतिनिधिहरुले हामी तिमीहरुको उद्धार गर्न सक्दैनौं, खान र बस्ने व्यवस्था गर्न सक्दैनौं, जाहा सुकै जाओ भने पछि १७ जना पीडित सडकमा आएका थिए। त्यस लगत्तै नेपाल मजदुर एकता समाजले पीडित हरुको सहयोग को लागि भिडीयो बनाइ अर्थिक सहयोग संकलन गरि उनीहरुको लागि खान, बस्न र नेपाल फर्किन पहल गरेका थिए।

पीडित हरुको अनुसार गैर आवासीय संघ युएई ले पीडितहरुको नाममा दलाली गर्ने प्रयास गरेका पनि बताएका छन्। १७ जनाको समुहलाई पालेर राख्न नसक्ने भन्दै पहिले पनि उनीहरुलाई गैर आवासीय संघ तथा अन्य नेपाली संघ संस्थाका प्रतिनिधि हरुले होटेल देखि बाहिर निकालेका थिए।

त्यसपछि फेरि अब तिमीहरु ओभर स्टेको फाइन तिर्नको लागी भएपनि काम गर्नुपर्छ भन्दै १७ जना पीडितलाई काममा लागाइदिने बहानामा सबै पीडितहरु लाई तितरबितर बनाएका थिए। जस मध्ये ७ जना पीडित काम गर्न तयार पनि भएका थिए तर पछिसम्म पनि उनिहरु कसैलाई काममा लगाउन सकेनन्।

करिब ४५ दिन सहयोग गरिसके पछि गैरआवासीय नेपाली संघले ती पीडितहरुलाई सडकमा ल्याइसके पछि नेपाली मजदुर एकता समाजले विभिन्न सहयोगि दाताहरु को सहयोगमा १७ जनाको लागि खान र बस्नको प्रबन्ध मिलाएको थियो। यस समाजले सुरुवाती दिनमा यी पीडितहरुको लागि मेनपावर कम्पनी मार्फत ९ हजार दिराम खाना खर्च पनि उपलब्ध गराएको थियो।

नेपाल मजदुर एकता समाजको निरन्तर प्रयासमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विशेष पहलमा नेपाली राजदूतावास युएईले अलपत्र नेपालीहरुको अध्यागमनमा गएर आवश्यक कागजी काम सकेर उनीहरुको ओभर स्टेफाइन मिनाहा गर्न सफल भएको हो। एअरपोर्टमा रोकिएको दुई महिनापछि उनीहरु नेपालको लागि सोही टिकटमा नेपाल पुगेका हुन्।

त्रिभुवन विमानस्थलमा पीडितहरुको स्वागतको लागि नेपाली मजदुर एकता समाजका अध्यक्ष तेज बहादुर कार्की, बरिष्ठ उपाध्यक्ष मिलन पुन, सचिव भरत के.सि, नेपाल समितिका अध्यक्ष निमा ह्येेेेल्मो तथा अन्य ब्याक्तिहरु पुगेका थिए ।

उनीहरुलाई खादा र मास्कले स्वागत गरिएको थियो। विमानस्थलमा केही समय पीडितहरुसँग कुरा गरि उनिहरु लाई होटेलमा लगि खाना खुवाइ सबै जनालाई घरसम्म पुग्ने व्यवस्था को पुरै जिम्मेवारी नेपाल मजदुर एकता समाजले लिएको थियो।

अहिले पीडितहरु सबै जना आ-आफ्नो घर पुगिसकेका छन्। नेपाल मजदुर एकता समाजको पहलमा उनीहरु नेपाल फर्किन सम्भब भएकोले पीडितहरु ले नेपाली मजदुर एकता समाजलाई धन्यवाद दिएका छन्।

तर उनीहरु घर पुग्दा सम्म गैर आवासीय संघ बाट धम्की आएको पनि पीडितहरुले बताएका छन् । तर जे जस्तोभए पनि पीडितहरु लामो समय परदेशमा दु|:ख गरेर बिताए पनि उनीहरु सकुशल आफ्नो देश फर्किन पाएका छन्। उनीहरुको लागि यहि नै ठूलो विषय भएको छ ।

प्रकाशित मिति: : 2020-10-14 11:07:00

प्रतिकृया दिनुहोस्