मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित

संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ।

यसअघि सन् २०१८-०२० का लागि नेपाल निर्वाचित भएको थियो।

राष्ट्रसंघको मुख्यालयमा गएराति भएको निर्वाचनमा नेपाल पुन: ३ वर्षका लागि सदस्यमा निर्वाचित भएको हो। गोप्य रुपमा भएको मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

याेसँगै नेपाल सन् २०२१- ०२३ सम्म रहनेछ। तीनवर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ। 

एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन्। 

नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स निर्वाचित भएका छन्।

एसिया प्रशान्त क्षेत्रबाहेक अन्य क्षेत्रका सदस्य चुनावी प्रतिस्पर्धाबिनै निर्वाचित भएका हुन्। 

प्रकाशित मिति: : 2020-10-14 07:39:00

प्रतिकृया दिनुहोस्