नेपालमा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा मुलुकभरमा विभिन्न प्रयोगशालामा भएका परीक्षणबाट ३५ सय बढीमा संक्रमण देखिएको हो।
यो सँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ सय ३ जना निको भएका छन्। यो सँगै कुल डिस्चार्ज हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ।
पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६६३ पुगेको छ।
अहिले नेपालमा ३५ हजार ९१५ जना विभिन्न आइसोलसनमा रहेर उपचार गराइरहेका छन्।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३५ हजार ९१५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २० हजार ८६७ जना र संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना छन् । तिमध्ये ३०७ जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ७९५ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार ७७ जिल्ला मध्ये मनाङमा मात्र हालको अवस्थामा संक्रमित छैनन् । नेपाल कोरोनाको कारण खराब भएको विश्वहरुको सूचीमा टप ५० भित्र रहेको छ ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।
हिजो ( सोमवार) नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४७३ जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।