दुबै उम्मेदवारको अडानपछि दोस्रो ‘प्रेसिडेन्सियल डिबेट’ रद्द

अमेरिकामा राष्ट्रपति चुनावका लागि हुने दोस्रो ‘प्रेसिडेन्सियल डिबेट’ रद्द भएको छ। शनिबार यसको पुष्टि कमिसन अफ डिबेट (सीपीडी) ले गरेको हो। दोस्रो डिबेटको कार्यक्रम १५ अक्टुबरमा तय गरिएको थियो। 

अमेरिकामा चुनाव अगाडि राष्ट्रपतिका उम्मेदवारले तीन वटा डिबेटमा भाग लिने परम्परा छ। जसअनुसार पहिलो डिबेट २९ सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्प र जो वाइडेनबीच भएको थियो। 

दोस्रो डिबेट रद्द भएपनि तेस्रो डिबेटको विषयमा कुनै सूचना बाहिर आएको छैन। तेस्रो डिबेट २२ अक्टुबरमा तय भएको छ। 

१० दिनअघि ट्रम्पलाई कोरोना संक्रमण देखिएपछि सबै कार्यक्रम गडबड भएको हो। यद्धपि उनी नौ दिनमा कोरोना मुक्त भइरहेको उनका चिकित्सकहरूले दावी गरेका छन्। उनलाई तीन दिन मेरिल्याण्डको आर्मी अस्पतालमा भर्ना गरिएको थियो। 

उनी गत सोमबार व्हाइट हाउस फर्किएका थिए। उनी शनिबार व्हाइट हाउसको बालकनीबाट सार्वजनिक समारोहमा उपस्थित भइसकेका छन्। 

सीपीडीले दोस्रो डिबेट भर्चुअलमार्फत गर्ने प्रस्ताव राखेको थियो। तर, ट्रम्पले यसको विरोध गर्दै आफू सिधै डिबेटमा बस्न चाहेको बताएका थिए। 

तर, वाइडेनले ट्रम्प कोरोना नेगेटिभ भएको पुष्टी हुनुपर्ने बताउँदै शंकाको बेला सँगै उभिन नसक्ने बताएका थिए। दुई उम्मेदवारबीचको लडाईंका कारण डिबेट स्थगित गर्नु परेको थियो। 

ट्रम्पले सोमबार अस्पतालबाट फर्किने वित्तिकै आफू डिबेटका लागि तयार रहेको बताएका थिए। 

सीपीडीले वाइडेनको माग अनुसार डिबेट भर्चुअलबाट गराउन खोजेको थियो। तर, ट्रम्पले भर्चुअल डिबेटलाई समयको बर्बादी भन्दै अस्विकार गरेका थिए।

प्रकाशित मिति: : 2020-10-11 09:10:00

प्रतिकृया दिनुहोस्