साझा पार्टीकाे प्रवक्तामा शरदराज पाठक

साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ। 

छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको पार्टीको केन्द्रीय सचिवालयले शनिबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उमेदवार बनेका थिए।

पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित मिति: : 2020-10-10 07:22:00

प्रतिकृया दिनुहोस्