परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त

सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ। पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए।

वैरागीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको जनाइएको छ। 

यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्रमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन्।

भर्खरै पाकिस्तानका लागि नेपालको राजदूतको जिम्मेवारी सम्हालेर आएकी सहसचिव सेवा लम्साल र न्युर्योकस्थित नेपालको संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख तथा सचिव अमृतकुमार राई पनि सचिवका दाबेदारका रुपमा थिए।

पौड्याल सचिव भएसँगै राईले आफ्नै जिम्मेवारी सम्हालिरहने छन् भने लम्साललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ। यसअघि पौड्यालले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित मिति: : 2020-10-09 11:53:57

प्रतिकृया दिनुहोस्